गतवर्ष माघ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको निष्कर्षमा दुर्घटना जाँच आयोगले मनवीय कारण हो भन्दै बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।
यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । यस दुर्घटनामा चालक दलको कमजोरी रहेको भन्दै दुर्घटना जाँच आयोगले आफ्नो निष्कर्ष दिएका छन् ।
नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनासकारी दुर्घटना थियो । दुर्घटनाको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज भुँइमा झरेको थियो । यसो हुनुमा मानवीय कारण दोषी मानिएको छ ।
आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताए ।
यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरिएको थियो ।