काठमाडौँ । समाजवादी मोर्चाको आज साझ पुनः बसेको बैठकले कार्यक्रमलाई निरन्तरता दिने भएको छ । त्यसअन्तर्गत जिल्ला कमिटी गठन गर्न बाँकी रहेका स्थानमा पुस महिनाभित्र कमिटी गठन गरिसक्ने निर्णय गरेको छ ।
बैठकले पुस महिनामा बाँकी जिल्ला कमिटी गठन गर्ने र माघमा सम्भव भएका जिल्लाहरुमा सन्देश सभाहरु गर्ने निर्णय गरेको छ । साथै बैठकले तत्काललाई मोर्चाको संयोजकको जिम्मेवारी माधव नेपाललाई नै सम्हाल्न भनिएको छ ।
मोर्चाको जिल्ला कमिटी गठन गर्न बाँकी रहेका स्थानमा पुस महिनाभित्र गठन गर्ने, माघमा सम्भव भएका जिल्लामा सन्देश सभाहरुको आयोजना गर्ने, र सहिद दिवसका दिन मोर्चाको ब्यानरमा कार्यक्रम गर्ने निर्णय भएको छ । साथै मोर्चाको बैठकमा नेकपाका नेताहरु नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा लगायतमाथि अदालतले जारी गरेको पक्राउ पुर्जीका बारेमा समेत छलफल भएको छ ।
राजनीतिक प्रकृतिका मुद्दाहरूका बारेमा कानुनसम्मत ढंगबाट समाधान गर्न सरकारलाई मोर्चाले आग्रह गर्ने निर्णय गरेको
छ ।