किरात समुदायको मुख्य पर्व उधौली पर्व देशभर मनाए

किरात समुदायको मुख्य पर्व उधौली पर्व देशभर मनाइएको छ।

ललितपुरको हात्तीवनस्थित माङहिम किरात मन्दिरमा किरात समुदायले उधौली मनाएका छन‍्। ललितपुरसँगै देशैभर आज उक्त समुदायले पर्व मनाएका हुन्।

विशेषगरी राई, लिम्बू, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्त्याल, धिमाल लगायतका जातजातिको मुख्य पर्वको रूपमा मनाइन्छ।

मूलरूपमा यी जातजातिले आ-आफ्नो पुर्ख्यौली थलोमा उधौली पर्व मनाउने गरे पनि पछिल्लो समय विभिन्न सहरमा पनि मनाउन थालिएको छ।

यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरूप पूजाआजा गर्ने गरेका छन्।

खेतमा लगाएको बाली भित्र्याइसकेको यो समयमा बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म प्रकृतिले वातावरण अनुकूल पारिदिएको भन्दै प्रकृतिलाई धन्यवाद दिनु यस पर्वको विशेषता हो।