Breaking News

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छलफलका लागि संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छलफलका लागि संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन् ।

पीडितलाई केन्द्रमा राखेर विधेयकमाथि संसदमा छलफल गर्न बैठक महत्त्वपूर्ण भएको बताइएको छ। विधेयक अन्य विधेयकभन्दा फरक र गम्भीर विषय भएर संसदीय समितिमार्फत छलफल गर्न तीन दल सकारात्मक देखिएका हुन्।

पीडितलाई न्याय दिनेगरी विधेयक आगामी हिउँदे अधिवेशनमा छलफल गर्न बैठक सकारात्मक भएको बताए । द्वन्द्वकालमा अमानवीय तरिकाले मारिएका, दोहोरो भिडन्तमा मारिएका, बाल सैन्य र गम्भीर प्रकृतिको हिंसामा थप गम्भीर भएर छलफल गर्न आवश्यक रहेको भन्दै उनले त्यस विषयमा निरन्तर छलफल हुने भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र मुख्य सचेतक लगायतका नेताहरू सहभागी थिए ।