Breaking News

लुम्बिनी प्रदेशका दुई मन्त्रीले शपथ लिए

८ पुस, बुटवल । लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज माओवादी केन्द्रकी कृष्णा केसी (नमुना) लाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रमुख अमिक शेरचरले सपथ खुवाएका हुन् ।