Breaking News

मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले विभिन्न पदमा १६० कर्मचारी माग

काठमाडौं । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले विभिन्न पदमा १६० कर्मचारी माग गरेको छ । निर्देशनालयले सूचना जारी गर्दै स्वास्थ्य सेवाका छैटौँदेखि नवौँ तह ९सर्जनदेखि नर्सिङ अधिकृत०सम्म करारमा भर्ना हुनेगरी १६० जना कर्मचारी माग गरेको हो ।

नवौँ तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, ६ जना डेन्टल सर्जन, १० जना एमडिजिपी, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, १२ जना बाल रोग विशेषज्ञ, ९ जना स्त्री तथा प्रसूती रोग विशेषज्ञ, १० जना जनरल सर्जन, १० जना जनरल फिजिसियनसहितका कर्मचारी माग गरेको हो ।

आठौं तहको लागि १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागिएको छ। त्यसैगरी निर्देशनालयले सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ भने छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट माग गरेको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २० गतेसम्म अनलाईनमार्फत् दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।