Breaking News

बाराको अमलेखगञ्जमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

काठमाडौं । बाराको अमलेखगञ्जमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक ठोक्किँदा तीन जनाको मृतयु भएको हो ।

मृत्यु हुनेहरुमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुष रहेका छन् ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । त्यस्तै दुर्घटनामा २७ जना घाइते भएका छन् ।

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।