३ पुस, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ । बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०र१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।
करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरीले बताएको छ। आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।