Breaking News

राष्ट्रियसभा निर्वाचनमा दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान

माघ १ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न देहाय बमोजिमका १२ (बाह्र) राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको छ । यसरी दर्ता भएका दलहरुका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

 

क्र.स. राजनीतिक दलको नाम चिन्हको नाम निर्वाचन चिन्ह
१. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) सूर्य
२. नेपाली काँग्रेस रुख
३. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
४. राष्ट्रिय प्रजातन्त्र पार्टी हलो
५. जनता समाजवादी पार्टी, नेपाल ढल्केको छाता
६. जनमत पार्टी लाउड स्पिकर
७. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
8 नागरिक उन्मुक्ति पार्टी पिधँ भएको सादा ढकिया
9 लोकतान्त्रिक समाजवादी पार्टी नेपाल साइकल
 10. नेपाल मजदुर किसान पार्टी मादल
11. राष्ट्रिय जनमोर्चा गिलास
१२. नेपाल समाजवादी पार्टी खुलेको एक आँखा