आजको तरकारी बजार मूल्य : डल्ले च्याउ एक किलोमा ४० रूपैयाँ सस्तियो

डल्ले च्याउ एक किलोमा ४० रूपैयाँ सस्तिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार प्रतिकिलो ३ सयदेखि ३५० रूपैयाँसम्म कारोबार भएको डल्ले च्याउको मूल्य आज २६० रूपैयाँदेखि ३ सय रूपैयाँ तोकिएको छ।

कन्य च्याउको मूल्य भने आज किलोमा २० रूपैयाँ बढेको छ। हिजो १६० देखि २०० रूपैयाँमा कारोबार भएको कन्य च्याउको मूल्य आज प्रतिकिलो १८० देखि २२० रूपैयाँ छ।

अन्य तरकारी तथा फलफूलको भाउ सामान्य घटबढ भएका छन्।

नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ५० देखि ६० रूपैयाँ तोकिएको छ। हिजो ४५ देखि ५५ रूपैयाँ मूल्य थियो।

लोकल गोलभेडा १५ देखि २० रूपैयाँ र टनेलको गोलभेडा २० देखि ३० रूपैयाँ तोकिएको छ।

त्यस्तै आज रातो आलु ३५ देखि ४० रूपैयाँ मूल्य छ। हिजो ३६ देखि ४० रूपैयाँ थियो।

भारतीय सुकेको प्याजको मूल्य १४० देखि १४५ रूपैयाँ प्रतिकिलो छ। हिजो १४५ देखि १५० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो।