धनकुटामा एमाले अध्यक्ष केपी ओली माथि मुक्का प्रहार

२८ मंसिर, धनकुटा । नेकपा एमालेले मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा गरिहेको बेला एमालेको टोली कोशी प्रदेशकोे धनकुटामा जाने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली माथि एक जनाले मुक्का प्रहार गरेका छन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।

एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए ।