काठमाडौँ । चार महिनामा सरकारले ३५५ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेर सकेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको आर्थिक् तथा वित्तीय अवस्थासम्बन्धी रिपोर्टअनुसार चार महिनामा नेपाल सरकारको कुल खर्च रु.३५५ अर्ब ६३ करोड भएको हो ।
समीक्षा अवधिमा चालु खर्च रु.२७१ अर्ब १७ करोड, पुँजीगत खर्च रु.२९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च रु.५४ अर्ब ४७ करोड रहेको छ ।
यस अन्तर्गत कर राजस्व रु.२५४ अर्ब ३० करोड र गैर कर राजस्व रु.२२ अर्ब ३४ करोड परिचालन भएको छ । यस्तै कात्तिक मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१५२ अर्ब ४० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.७१ अर्ब ९८ करोड रहेको बैंकको भनाइ छ।
छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.३० अर्ब ३ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१३ अर्ब ३१ करोड रहेको बैंकले जनाएको छ ।