काठमाण्र्डौं बाघबजारको छापाखानामा काम गर्ने मजदुरलाई कोरोना संक्रमित

६ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थपिएका पाँच जना कोरोनाभाइरस संक्रमितमध्ये एक जना संक्रमित बाघबजार छापाखानाका कार्यरत कामदार रहेको खुलेको छ ।

मंगलबार काठमाडौंमा मात्रै तीन जना संक्रमित थपिएका थिए । जसमध्ये एक जना महानगरपालिका २८ बागबजारको बुद्ध विहार पछाडि बस्ने खुलेको हो ।

उनी होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्ति रहेको बताइएको छ ।

ती संक्रमित केही दिनअघि भैरहवाबाट काठमाडौं आएको खुलेको छ ।

’उनी ५(६ दिनअघि भैरहवाबाट आएको भन्ने खुलेको छ,’काठमाडौं महानगर(२८ का वडाध्यक्ष भाइराम खड्गीले भने,’अब त्यो ठाउँ सिल गर्ने तयारी गर्दैछौं ।

अहिले उनको अवस्था सामान्य रहेको र आइसोलसनमा राखिएको छ ।