भष्ट्राचार निरुत्साहित गर्नु आजको आवश्यकता

मन्त्री ज्वाला

मंसिर, सुर्खेत । एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले भष्ट्राचारलाई निरुत्साहित गर्दै अगाडि वढनु पर्ने आजको आवश्यकता रहेको वताएका छन । समाजवादी प्रेस सगंठन नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश ईन्चार्ज समेत रहेका ज्वालाले जनपक्षीय काम गर्दै भष्ट्राचार विरोधी गतिविधिलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता भएको बताए । उनका अनुसार अहिले मुलुकनै आर्थिक मन्दीको मारमा देखिएकाले यसको असर मिडियामा पनि पर्नु स्वाभाविक रहेको वताए । उनले वालुवाटार जग्गा प्रकरणमा एकजना ब्यक्ति मिडियाका कारण अप्ठ्यारोमा परेको स्मरण गर्दै मिडियामा ठुलो शक्ति भएकाले यसलाई सहि ढंगले सदुपयोग गर्न आग्रह समेत गरे । मिडियाका कारण कतिपय गलत कुराहरु सत्य हुने र सत्य कुरा गलत हुने भएकाले मिडियालाई साच्चिकै मिडिया वनाएर तपाईहरुले कलम चलाउनु हुन्छ भन्ने विश्वास रहेको छ भौतिक यातायात तथा पूर्वाधार मन्त्री ज्वालाले कानुनलाई टेकेर मिडियालाई गर्न सक्ने र मिल्ने सहयोग सरकारले गर्ने बताए ।

अहिलेको यो सरकार जनताको सरकार भएकाले जनताका समस्याहरु समाधान गर्दै अगाडि वढेको उनको दावी थियो । तपाईहरु जनपक्षिय एजेन्डालाई पछ्याउँदै मिडियाका माध्यमवाटअगाडि वढनुस उनले भनेञ तपाईं समाजवादी प्रेस सगंठनका पत्रकारहरुको प्रगति र पक्षमै पार्टी हिजो पनि थियो अहिले पनि छ र भोली पनि रहन्छ ढुक्क हुनुस ।झ हाम्रो पार्टीप्रति आस्था राख्ने हाम्रा पत्रकारहरु सख्याका हिसावले थोरै भएपनि गुणात्मक हिसावमा ठुलो सख्यामा भएको वताए । जनताका र पार्टीको गतिविधि वारेमा तपाईहरुले गरेका कामले देखाईरहेको तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ उनको भनाई थियो । हिजो पद र लाभका कारणले हामीले विद्रोह गरेको नभएकाले हामी समाजवादको यात्रामा निरन्तर अगाडि वढनुपर्छ उनले भने ।
यता कार्यक्रमका विशेष अतिथि समाजवादी प्रेस सगंठनका अध्यक्ष विश्वमणी सुवेदीले पत्रकारिता सुधार्नका लागि पहिले पत्रकार नै सुध्रिन पर्ने वताए । हामी पत्रकारहरुमा पनि केही समस्याहरु छन जसका कारण मिडियाप्रति नागरिकको विश्वसनीयता घटदै गएकाले हामी पहिले सुध्रिनु पर्ने उनको भनाइ रहेको थियो ।