२० मंसिर, विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आज दिउँसो २ः१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा विराटनगर न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।
त्यस्तै विराटनगर(६ का दीपक मण्डलको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको छैन ।