१९ मंसिर, पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
वडाध्यक्ष सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो ।
पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप
छ । प्रहरीले मित्रमिलन सहकारीविरुद्ध उजुरी भए २७ मंसिरभित्र दिन आग्रह गरेको छ ।