Breaking News

जलजला गाउँपालिकाले ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसमा अन्तक्रिया छलफल कार्यक्रम आयोजना

जलजला गाउँपालिकाको आयोजनामा मंसिर १६ गते आइतबार गाउँपालिका केन्द्र लामाखेतमा ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने मुुल नारा सहित छलफल कार्यक्रम गरेर दिवस मनाइएको हो ।
दिवसको मुुल नारामा केन्द्रित भएर अपाङ्गता भएका व्यक्तहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनु भएको छ।

कार्यक्रममा जिल्ला अपाङ्ग संघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङ्गता भएका नागरिकको अधिकारका लागि भएको कानुनी व्यवस्था, उपभोगको अवस्था, चुनौति र सम्भावनाको विषयमा सहजिकरण गर्नु भएको थियो ।

उनले अगाडी भने, अपाङ्गता भएका नागरिकहरु आफ्नो अधिकार उपभोगमा अग्रसर र सचेत बन्नुुपर्ने बताए ।

गाउँपालिकाका उपाध्यक्ष आचार्यले अपाङ्गता भएका नागरिकहरुलाई घरमै पुुगेर
परिचयपत्र वितरण गरिएको, आयआर्जन र सचेतनामुुलक कार्यक्रममा जोड दिए ।

कार्यक्रममा सहभागी अपाङ्गता भएका नागरिकहरुले कानुनमा भएको अधिकार उपभोग गर्न नपाएको, यातायातमा छुटको सुविधा कार्यान्वयन नभएको, भौतिक पूूर्वाधार अपाङ्ग मैत्री नभएको, ज्ञान, सिप र क्षमताको उपभोग गर्न नपाएको, समाजमा विभेद भएको गुनासो गरेका थिए ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी बिन्दु शर्माको सञ्चालन र राजस्व शाखा प्रमुख कृष्ण रिजालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले गाउँपालिकाले अपाङ्गता भएका नागरिकलाई सेवा सुविधामा प्राथमिकता दिनु भएको थियो ।

लेखक : कृष्णबहादुर कार्की