अध्यक्ष चन्दद्वारा प्राध्यापकहरु सङ छलफल

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले प्राध्यापकहरु सङ छलफल गरेका छन् । अध्यक्ष चन्दले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति समेत रहेका प्राध्यापक डा.नन्द बहादुर सिंह, नेपाल प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचीव प्राध्यापक डा. जिवेन्द्र देव गिरि र उप( प्राध्यापक थानेश्वर लामिछानेलाई गाउँपालिकामा स्वागत गरेका छन् ।

उनले प्राध्यापकहरु सङ सिम्ता गाउँपालिकालाई समृद्ध बनाउने विषयमा सल्लाह सुझाव पनि लिएका छन् । अध्यक्षमा निर्वाचित भएपछि चन्दले विभिन्न विषयका विद्वानहरुलाई गाउँपालिका भ्रमण गराइरहेका छन् । स्थानीय तहलाई सवल बनाउन विद्वानको राय सुझावलाई नीति कार्यक्रममा ढाल्ने नीति चन्दको छ ।

प्राध्यापकहरु सङको छलफलमा उपाध्यक्ष गोमा शर्मा रेग्मी , प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली लगाएत अन्य कर्मचारी थिए ।