Breaking News

त्रिपालमुनि बस्दै आएकी एक महिनाकी सुत्केरी शर्मिला चदाराको चिसोबाट मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका- ८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको नलगाड- ८ का वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए । भूकम्पबाट घर भत्किएपछि त्रिपनलमा बस्दै आएकी उनको आज (सोमबार) मृत्यु भएको वडाअध्यक्ष सिंहले बताए । चदाराले एक महिना अघि छोरीलाई जन्म दिएकी थिइन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए ।

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।