Breaking News

प्रधानमन्त्री ‘प्रचण्ड’ नसच्चिए प्रधानमन्त्रीको कुर्सीबाट माइतीघरमा लगेर पछार्ने महेश बस्नेतको चेतावनी

काठमाडौँ । एमालेको युवा संघठन युवा संघ नेपालले आज राजधानीको तिनकुने गरेको बिरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

नेता बस्नेतले आयोजित विरोध सभालाई सम्बोधन गर्दै अव सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने बताए ।

‘म प्रचण्डको कान खोल्ने गरेर झिर रोपेर सुन्न चेतावनी दिन्छु –तपाईँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनुभयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो रु त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ’, बस्नेतको चेतावनी छ ।

उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे ।