Breaking News

विश्वकप छनोटको भोलि हुने नेपाल र यमनबीचको खेल हेर्न दर्शकलाई घर पुर्‍याउन १५ वटा बस व्यवस्था

४ मंसिर, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत मंगलबार दशरथ रंगशालामा हुने खेल हेर्न आउने दर्शकलाई घर पुर्‍याउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ वटा बस व्यवस्था गरेको छ ।

एन्फाका खेल निर्देशक सञ्जीव मिश्रका अनुसार दशरथ रंगशालामा मंगलबार साँझ ७ बजेदेखि हुने नेपाल र यमनबीचको खेल सकिएपछि दर्शकलाई घर पुर्‍याउन विभिन्न रुटमा १५ वटा बस व्यवस्था गरिएको हो । ‘हामीले विभिन्न रुटका १५ वटा बस भाडामा लिएका छौं । जसले दर्शकलाई खेलपछि घर फर्कन सहयोग हुनेछ ।’

बस चढेर घर फर्किन दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्नेछ ।

कुन कुन रुटमा चल्नेछ बस ?

१. त्रिपुरेश्वरबाट चक्रपथ हुँदै नारयणथानसम्म

२. त्रिपुरेश्वरबाट भक्तपुर सूर्यविनायकसम्म
३. त्रिपुरेश्वरबाट बौद्ध, जोरपाटीसम्म
४. त्रिपुरेश्वरबाट कलंकी, सतुगंलसम्म र सोही गाडीले स्वयम्भूसम्म
५. त्रिपुरेश्वरबाट सोह्रखुट्टे, बालाजु हुँदै चक्रपथसम्म
६. त्रिपुरेश्वरबाट बल्खु हुँदै कीर्तिपुरसम्म
७. त्रिपुरेश्वरबाट एकान्तकुना हुँदै भैंसेपाटीसम्म
८. त्रिपुरेश्वरबाट लगनखेल हुँदै हात्तीवनसम्म
९.  त्रिपुरेश्वरबाट सिनामंगलसम्म