Breaking News

राष्ट्रपति रामचन्द्र पौडेल छठ पूजा गर्न गौरीघाट र कमलपोखरीमा

काठमाडौँ । आज छठ पर्वको अन्तिम दिन धार्मिक परम्पराअनुसार देशैभरी खोला, नदी, तलायु, पोखरीमा हिजो रातभरी जागाराम बसेर आज बिहान सूर्यको पहिलो किरणसहित सूर्यलाई अग्र दिएर छठ बिर्षजन गरिएको छ । यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् ।

राष्ट्रपति पौडेल हिजो आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन् । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने चलन छ