कोरोनाबाट मृत्यु भएकी महिलाकी १३ दिने शिशु सहित पाँचै जना परिवारको कोराना नेगेटिभ

५ जेठ, काठमाडौं । केही दिन अघि मात्र सिन्धुपाल्चोककी २९ वर्षे महिलाको कोरोना भाइरसका कारण ज्यान गुमाएकी १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन् ।

२९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो ।