जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड फोइमहादेवको नवनिर्मित रंगशालामा भव्य रुपमा उद्घाटन

कार्तिक २२ कालिकोट । कालिकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड तिलागुफा नगरपालिकाको फोइमहादेवको नवनिर्मित रंगशालामा पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादीका नेता महेन्द्रबहादुर शाहीले भव्य समारोहबीच हिजो उद्घाटन गरिएको
छ ।

उद्घाटन पछि बोल्ने क्रममा सांसद शाहीले खेललाई जिल्लामा मात्र सिमित राख्ने होइन यसको स्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय रूपमा लैजानु पर्छ । खेलाडीले आफ्नो प्रतिभा, क्षमता र कौशलतामा निखार ल्याएर राष्ट्रिय अन्तर्राष्ट्रिय पदक जित्नुपर्छ भनी खेलाडीलाई उत्साहित बनाउनु भएको थियो ।

उद्घाटन समारोहमा सांसद महेन्द्रबहादुर शाही, काँग्रेस नेता भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही, जिसस सभापति धनजित शाही, गणेश शाही लगायतको उपस्थिति रहेको थियो । उद्घाटनमा बोल्ने सबै वक्ताहरुले खेल र खेलाडीको बिकास नै देशको बिकासको एक मुख्य पाटो भएको बताएका थिए ।