Breaking News

नेपाल प्रहरीका प्राविधिक इन्जिनियरिङ समूहका ३१ प्रहरी नायब निरीक्षकको बढुवा

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक इन्जिनियरिङ लगायत समूहका ३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३१ असईलाई सई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरि समूहको सञ्चारतर्फका २८ प्रहरी सहायक निरीक्षक (असई) हरुलाई सई बढुवाका लागि सिफारिस निकालिएको हो ।

त्यस्तै स्वास्थ्य उपसमूहको २ जना असई सईका लागि सिफारिस गरिएको छ । त्यसैगरी प्रधान कार्यालयले केनाईन उमसमूहको सईका लागि पनि १ जनाको नाम सिफारिस गरेको छ ।