Breaking News

जाजरकोटमा हिजो पुन गएको भुकम्पको पराकम्पबाट १३ जना घाइते

काठमाडौँ । सोमबार गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १३ जना घाइते भएका छन् । अपराह्न साढे ४ बजे रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोटमा २ जना र रुकुम पश्चिममा ११ जना घाइते भएको प्रारम्भिक विवरण आएको गृह मन्त्रालयले जनाएको छ ।

राहत र पुनस्र्थापनाका लागी दुई जिल्लाको विपद् व्यवस्थापन कोषमा ५–५ करोड निकाशा गरिएको गृह मन्त्रलयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । गृह मन्त्रालयको समन्वयमा जाजरकोटमा ३ हजार ६५५ थान ब्ल्याङ्केट, ३ हजार ४०९ थान त्रिपाल, ५३६ थान म्याट्रेस र ६२ थान स्लिपिङ ब्याग बितरण गरिएको छ ।
GCI COLLEGE

रुकुम पश्चिममा टेण्ट १० थान, त्रिपाल १ हजार ७ थान, ६ सय थान म्याट्रेस र १ हजार थान कम्बल सहितका सामग्री वितरण गरिएको छ । राहतका लागी भारत सरकारबाट प्राप्त सामग्री नेपालगञ्ज हुँदै प्रभावित क्षेत्रमा पठाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।