Breaking News

क्यानले टी–२० विश्वकपमा छनोट भएको राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपमा छनोट भएको राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले सो निर्णय गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

काठमाडौंमा भएको टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । छनोट खेलको फाइनलमा भने ओमानसँग नेपाल पराजित भएको थियो ।

साथै, बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निर्णय पनि बैठकले क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच भएको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।