Breaking News

कोशी सरकारबाट नेकपा एमाले बाहिरियो

विराटनगर । कोशी सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । मुख्यमन्त्री केदार कार्कीले सहमतिविपरीत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले सरकारबाट बाहिरिने भएको हो ।

एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताए । आफूहरुलाई कुनै जानकारी नै नदिइ माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याउने भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको
बताए । केन्द्रको अहिलेको दुर्गन्धित गठबन्धनमा हामी हिजो पनि थिएनौं, आज पनि छैनौं र भोलि पनि हुँदैनौं । यस विषयमा हामीले पहिले नै निर्णय गरिसकेका छौं ।’

सरकारमा एमालेका रामबहादुर राना मन्त्री छन् । यसअघि नै एमालेले कांग्रेस बाहेक अन्य दलहरुलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो । मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका गणेशप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् ।