Breaking News

‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर बिक्रीमा छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीजि कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको प्रष्टीकरण दिएका छन्  ।

मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडेपछि त्यसबारे प्रस्टाउँदै मेयर बालेनले आफ्नै धारणा सार्बजनिक गरेका हुन् ।

‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनिबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन्’ उनले भनेका छन् ।

उनले निजी कम्पनिले प्रायोजन गरेको कार्यक्रम प्रति आक्रोश पनि व्यक्त गरेका छन् । ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर बिक्रीमा छैन ।’

उनले अझ अगाडी लेखेका छन, ‘तपाईंहरुले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’