Breaking News

अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु

बारा । बाराको कलैया उपमहानगरपालिका–६ स्थित मस्जिद चोकमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ । सोमबार दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकार गम्भीर घाइते भएका थिए ।

गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पु¥याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी गर्दै गर्दा चिकित्सकले उनलाई मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको थियो ।