काठमाडौं । नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई आज (सोमबार) अदालतमा उपस्थित गराउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार कर्तिक २ गतेदेखी प्रहरी हिरासतमा रहेका बास्तोलालाई आज अदालतमा उपस्थित गराउन लागेको हो ।
आइतबार बाँस्तोलालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लगिएको थियो। सरकारी वकिल कार्यालयमार्फत् बाँस्तोलालाई सोमबार अदालत उपस्थित गराउन लागिएको हो।
कात्तिक २ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका बाँस्तोलालाई दसैं बिदाका कारण १३ दिनपछि अदालत उपस्थित गराउन लागिएको हो।
नेता बाँस्तोलाले चलाएको गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।
अदालतले अनुमति दिएमा बाँस्तोला आज (सोमबार) छुट्ने सम्भावना रहेको जनाइएको छ ।