Breaking News

कालिकोटका एक युवालाई हत्या गरेको नौ दिनसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेन

कार्तिक १२, कालिकोट । कालिकोेट जिल्लाको खाडाचक्र नपा वडाम्बर ९ चौकी गाउँमा कार्तिक ३ गते एक छिमेकीको गाईगोठमा हत्यागरी फ्याकिएका अन्दाजी १८ वर्षीय मृतक रमेशबहादुर शाहीको हत्यारा अझैं पत्ता लाग्न सकेको छैन । ३ गते जाँडरक्सी खाए झगडा गरी आफ्नै साथिले हत्या गरेको हुन सक्ने आशंका गरिएपनि खास के कारणले किन उनको हत्या भयो पत्ता लाग्न नसकेको स्थानीय मञ्जित शाहीले बताए ।

यसबारे विस्तृत जानकारी लिन जिप्रका कालिकोटको सरकारी नम्बर ९८५८३३५५५५ मा सम्पर्क गर्न खोज्दा फोन लामो समयसम्म व्यस्थ भएको देखियो । स्थानीय व्यक्ति प्रकाश शाहीले बताए अनुसार प्रहरीले उक्त घटनामा संलग्न भनी आशंकामा पक्राउ गरिएका ९ जनामध्य ५ जनालाई सामान्य सोधपुछ पछि छोडिएको र ४ जनालाई हिरासतमा राखी थप अनुसन्धन भईरहेको समारचार प्राप्त भएको छ ।