नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफैंले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नचाहिरहेको आरोप लगाएका छन्।
दाङको तुलसीपुरमा शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले शान्ति प्रक्रियालाई गिजोलेर प्रचण्ड त्यसैमा खेल्दै आफूले राजनीति गर्न खोजिरहेको बताएका हुन्।
प्रचण्ड आफैंले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नखोजिरहेको हामी देख्छौं, न्ति प्रक्रिया टुंगोमा पुर्याउँदा आफ्नो राजनीति सकिन्छ भन्ने प्रचण्डलाई लागिरहेको छ।
नेपाल कम्युनिस्ट पार्टीको सरकार हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंग्याउन पहल गरे पनि प्रचण्डकै कारण त्यो सफल हुन नसकेको उनले बताए।
केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन के गर्नुपर्छ र त्यसका लागि तपाईंहरू कांग्रेससँग सल्लाह गर्नुहोस्, त्यो टुंग्याउने कुरामा मेरो साथ रहन्छ भन्नुभयो, महासचिव पोखरेलले कार्यक्रममा भने, तर, उहाँहरूले कुनै तत्परता र उत्सुकता देखाउनुभएन।
एमाले महासचिव पोखरेलले अहिले पनि त्यही भइरहेको बताए। संक्रमणकालीन न्यायका सन्दर्भमा विश्वव्यापी मान्यता जे छ, त्यसलाई कुल्चिएर शान्ति प्रक्रिया नटुंगिने पोखरेलले बताए। त्यसका मापदण्डहरूभित्र रहेर अगाडि बढ्न खोजे बल्ल एमालेको साथ रहने पनि उनले बताए।
प्रचण्डले मानवताविरूद्धका गम्भीर प्रकारका अपराधलाई उन्मुक्ति दिने सन्दर्भबाट पैरवी गर्न थाले, त्यो विषयमा एमालेको साथ नरहने उनले पनि बताए।