नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने

काठमाडौँ । नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ । नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ ।
GCI COLLEGE

उता मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए । ‘नेपाली बजार भारतीय बजारमा पूर्णरुपमा निर्भर छ ।’ उनले भने, ‘उताका वस्तुमा मूल्यवृद्धि हुँदा यता पनि भाउ बढ्छ नै ।’

Laxmi sunrise bank

कालीमाटी बजारमा मात्रै औसतमा दैनिक ९० देखि एक सय टन ब्याज भारतबाट आयात गरिन्छ । भारतमा प्याजको मूल्य वृद्धि भए लगत्तै बजारमा कालोबजारीसमेत हुन सक्ने पौडेलको अनुमान छ । ‘हाम्रो कालीमाटी बजारमा कालोबजारी हुँदैन,’ उनले भने, ‘अन्य स्थान र व्यापारीसँग स्टक रहेको प्याजमा कालोबजारी हुनसक्छ ।’

Shivam Cement

पुरानो मूल्यमा खरिद गरेको प्याज नयाँ मूल्यमा विक्री गर्न नदिन सरोकारवालाले  अनुगमनमा जोड दिनुपर्ने पौडेलले सुझाए । ‘कालोबजारी हुन नदिन अनुगमन प्रभावकारी बनाउनु दायित्व सम्बन्धित निकायको हो,’ उनले भने, ‘उपभोक्ता मर्कामा पर्नु अगावै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मन्त्रालयले व्यवस्थित तवरले अनुगमन गर्नुपर्छ ।’

नेपालीले उपभोग गर्ने प्याज ९० प्रतिशत भन्दा भारतबाट नै आयात हुन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले ३० हजार २ सय ७२ मेट्रिक टन प्याज भारतबाट आयात गरेको थियो । यस वापत् एक अर्ब नौ करोड ५८ लाख दुई हजार रुपैयाँ खर्च भएको थियो ।

भारतले केही समयअघि प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएसँगै नेपालमा प्याजको मूल्य ८० देखि ९० रुपैयाँ प्रतिकिलो पुगेको पुगेको थियो ।