Breaking News

गठबन्धन सरकार पाँचै वर्ष नै चल्छ कसैले टुटाउछु भन्ने भ्रम नपाल्दा हुन्छ

९ कात्तिक, रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष चल्ने बताएका छन् ।

दिउँसो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु, यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।’

उनले क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गरेको बताउँदै शान्ति प्रक्रियापछि पनि साथ आवश्यक रहेको बताए ।

उनले पुरानो आधार इलाकाबाट आफूले ऊर्जा लिएर फर्किने बताए । ‘यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति
हुन्छ ।

प्रधानमन्त्री प्रचण्ड