Breaking News

अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले आक्रमण गर्दा १६ जनाको ज्यान गयो

अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले आक्रमण गर्दा १६ जनाको ज्यान गएको छ।

बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५० जना घाइते भएका छन्। ल्युस्टन मेन राज्यको दोस्रो ठूलो सहर हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार ती बन्दुकधारी अहिले फरार छन्। फरार रहेका ती सन्दिग्धको दुईवटा तस्बिर जारी गर्दै पहिचान गर्न र सूचना दिन प्रहरीले आग्रह गरेको छ। साथै ती बन्दुकधारीले सहरका विभिन्न भागमा घटना घटाएको पनि बताइएको छ।

बन्दुकधारी अहिले पनि सडकमा हिँडिरहेको हुन सक्ने जोखिम औंल्याउँदै प्रहरीले मानिसहरूलाई घरभित्रै रहन र बाहिर रहेका नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनिएको छ।

सेन्ट्रल मेन मेडिकल सेन्टरले सामूहिक गोलीबारीको बताउँदै घाइतेहरूको उपचार गर्न त्यस क्षेत्रका अन्य अस्पतालहरूसँग पनि समन्वय गरिरहेको छ।

एजेन्सी