Breaking News

पोखराको मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ

५ कात्तिक, पोखरा । पछिल्लो चरणमा सहकारीले बचत कर्ताको रकम फिर्ता नगरेर भाग्ने, टार्ने र झुलाउने लगायतका हर्कत गरिरहेको बेला पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ परेका छन् ।

उनीहरुलाई बैंकिङ कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीकाले बताएको छ ।

बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उहाँहरु सहकारीभन्दा पनि बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।

२२ सयजनाभन्दा बढी बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि अहिले मित्रमिलन सहकारी संकटमा छ । सहकारीमा पैसा बचत गरेका बचतकर्ताहरु दैनिक धाउँदा पनि फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । सहकारीका अनुसार करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।

लेखक : कृष्णबहादुर कार्की