Breaking News

आपसी सामाजिक सद्भाव, भ्रातृत्व र एकता, पुनर्मिलनको प्रतीक हो

राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको आज सातौ दिन फुलपाती भित्र्याउने दिनको अवसरमा शुभकामना दिने क्रममा, दसैं पर्वले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपतिले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सवैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका हुन्।

‘बडा दसैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रही आएको छ। यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो।

त्यसैले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सवैलाई प्रेरित गर्ने छ भन्ने मेरो विश्वास छ। यस पर्वले सबै नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भन्ने पनि कामना गर्दछु,’ उनले सन्देशमा भनेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल