बजेटमा कालिकोटलाई पहिलो पटक सम्बोधन

४ जेठ, काठमाडौं ।  सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ ÷०७८ को नीति तथा कार्यक्रममा कालीकोट जिल्ला पनि समावेस भएको पाईएको छ । प्रजातन्त्रको स्थापना भएको ७० वर्ष पछि राष्ट्को नीति तथा कार्यक्रममा कालीकोट जिल्ला समावेश भएको पाईएको हो ।

सरकारको निति तथा कार्यक्रमको २०४ नम्वर बुंद्धामा नेपालको पानी, जनताको लगानी अन्तरगर्त कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ६ र ७ मा पर्ने अर्धजलाशय फुकोट कर्णाली हाईडे जलविधुत आयोजनालाई समेटिएको छ ।

हाईडेको सवर्,े परिक्षण सबै सकिएकाले यसैवर्षबाट निमार्ण कार्य अगाडी वडाईने उल्लेख छ । ४८० मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्षय लिएको आयोजना प्रमुख हिरामान वाईबवाले वताउनुभयो । यस भन्दा अगाडी आयोजनाको डिपिआर तयार देखि जग्गा अधिकरणको काम पनि सुरु भईसकेको थियो ।

रास्कोटका स्थानीय वलप्रसाद सज्यालले कालीकोट जिल्ला सरकारको निति तथा कार्यक्रममा परेको पहिलो रेकर्ड भएको वताउनुभयो । रेडक्रम सोसाईटी कालीकोट शाखा सभापति समेत रहनु भएका सज्यालले विपद ब्यवस्थापनको क्षेत्रमा कालीकोट जहिलेपनि सरकारको नितिमा पर्ने जिल्ला भएपनि हाल सम्म कुनै पनि सरकारले कालीकोट जिल्लालाई सम्वोधन नगरेको तितो अनुभुतीको स्मरण गदै यस वर्ष सरकारले समाबेश गरेको पाउदा आफुलाई खुसि लागेको वताउनुभयो ।

निति तथा कार्यक्रमले कर्णाली नदीलाई भने भरपुर प्रयोग गर्ने उल्लेख गरेको शुद्ध खानेपानी आपुर्तिका लागि कर्णाली नदीलाई थोक बितरण प्रर्णाली अन्तरगर्त जलासययुक्त खानेपानी आयोजनाको बिस्तृत अध्यान गरी कार्यन्वय गरिने उल्लेख छ । यस्तै वुद्धा नं १८९ मा भारतिय आन्तरिक जलमार्गसंग जोडिने गरी कर्णाली जलमार्गको बिकास गरिने भिनएको छ ।

संबिधान सभा सदस्य माननिय तुलाराज बिष्ट्ले पहिलो पटक केपि ओली प्रधानमन्त्री भएका वेला कालीकोटको सुनथराली बिमान स्थाल पुरा गर्नका लागि आवस्यक वजेटको ब्यवस्था गरेको र यो वर्ष नितिमै कालीकोटको अर्धजलासययुक्त जनबिद्युत उल्लेख गरेको वताउनुभयो । उहाँले कालीकोट पनि एक जिल्ला हो र त्यहाँ पनि बिभिन्न प्राकृतिक सम्पदा र बिकासे आयोजना निमार्ण हुन सक्छन भन्ने कुराको हेक्का वर्तमान सरकारको नेतृत्वले मात्र राखेको वताउनुभयो ।

रेडियो नयाँ कर्णालीबाट