मकवानपुरमा यात्रुबस दुर्घटना २२ जना घाइते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घटनामा परी तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकाको जुइनातर्फ जाँदै गरेको ना.४ ख ३९८८ नम्बरको यात्रुबस दुर्घटना भएको हो ।

मदन भण्डारी राजमार्ग (धरान–चतारा सडकखण्ड)अन्तर्गत पर्ने बकैया गाउँपालिकाको वडा नम्बर ५ तीनतलेमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।