चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहककालागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन् ।
बडा दशैं २०८० को उपलक्ष्यमा ल्याइएको यो योजना अन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागी यो आकर्षक अफर सञ्चालनमा ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले रु २०० वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजना आज (कार्तिक १ गते) देखी लागु भई कार्तिक १५ सम्म सञ्चालनमा रहने छ ।
रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबी देखि ८००० एमबी बोनस डेटा प्राप्त गर्नेछन् । रु २०० देखि रु ४९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।
त्यस्तै रु ५०० भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा भोलुम २ दिनको दिनको लागि मान्य रहने छ ।
यो योजना अन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुने छैन । अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ ।
बडा दशैंको अवसरमा ल्याइएको यो विषेश अफरसँगै आफ्नो उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ‘‘ हाम्रा ग्राहकहरु र ग्राहकको एनसेलसँगको सेवा अनुभव हाम्रो लागि अत्यन्त महत्वपुर्ण छ । यो चाडपर्वको अवसरमा ल्याइएको यो योजनाले हाम्रा ग्राहकको सञ्चारको आवश्यकतालाई पुरा गर्न महत्वपुर्ण भुमिका खेल्ने वश्वास लिएका छौ । हाम्रा सबै ग्राहकलाई बडा दशैको शुभकामना र एनसेलसँग आबद्घ रहिरहनुहुने सबै ग्राहकलाई धेरै धेरै धन्यवाद । ’’
यस रिचार्जमा बोनस अफरले ग्राहकलाई भ्यालु एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाईसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।