Breaking News

दसैं मनाउन गाउँ फर्कनेहरुको घुँईचो

हिजोबाट दशैं सुरु भएसँगै काठमाडौंबाट दसैं मनाउन गाउँ फर्किने क्रम सुरू भएको छ।

बडादसैं सुरू भएसँगै काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर जडिबुटी, गौशलासहित उपत्यकाबाट बाहिर जाने मुख्य नाकामा यात्रुहरुको धेरै घुईचो देखिन्छ । त्यसमा पनि बिशेष नयाँ बसपार्क गंगाबुमा यात्रुहरुको चाप धेरै रहेको छ ।

काठमाडौ उपत्यकामा धेरै विद्यालयहरूमा शुक्रबारदेखि नै दसैं बिदा दिएर बन्द भएका
छन ।

काठमाडौंबाट टाढाटाढा जानेहरूका लागि यातायात व्यवसायीहरूले अग्रीम टिकट बुकिङको व्यवस्था असोन २२ गतेबाट सुरु गरेको थियो ।