२८ असोज। जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अधिवेशनहरु लगभग सकिएका छन । अन्तिम प्रदेश अधिवेशन मेधेश प्रदेशमा पदाधिकारीहरु सर्वसम्मत चयन भएकाछन् ।
अध्यक्ष चण्डेश्वर मण्डललाई निर्वाचन कमिटीका अधिकृत टीकाध्वज खड्काले शपथ ग्रहण गराए भने अध्यक्ष मण्डलले नवनिर्वाचित प्रदेश कमिटीका उपाध्यक्ष पर्साका विचारी यादव, सचिव बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) लाई शपथग्रहरण गराएका हुन् ।
यस्तै सर्वसहमतिबाट चयन भएका लेखा समिति अध्यक्ष लक्ष्मीनारायण यादवलाई पनि अध्यक्ष मण्डलले शपथ ग्रहण गराएका छन् ।
प्रदेश कमिटीका सदस्यहरुको शपथ दसैंपछि हुने एमालेले जनाएको छ ।
जनकपुरधाममा असोज २४ गतेदेखि जारी एमालेको प्रथम अधिवेशन सकिएको छ । पाँच पदाधिकारीसहित २३५ सदस्यीय कमिटी चयनको लागि अधिवेशन भएको थियो । तर, विवादका कारण केही सदस्यको टुंगो लागिसकेको छैन ।