Breaking News

सरकारले इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति तोक्यो

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ ।

इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो ।

सम्पर्क व्यक्तिमा परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाल रहेका छन् ।

त्यस्तै इजरायलस्थित तल अबिवमा रहेको नेपाली राजदूतावासमा रहेका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकिएको छ । उनीहरू सबैको सम्पर्क नम्बरसहित दूतावासको ईमेलसमेत मन्त्रालयले खुला गरेको जनाएको छ ।

शनिबारदेखि सुरु भएको आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका १० नेपालीको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता रहेका छन् ।