मातातिर्थ फुटबल गोल्ड कप दोस्रो खेलकुद प्रतियोगिता आज असोज २० गते चन्द्रागिरीको मातातिर्थ कुण्ड फुटबल ग्राउण्डमा सुरु भएको छ । बागमती प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री पुकार महर्जनले उद्घाटन गर्नु भएको उद्घाटन खेलको पहिलो खेलमा सोल्टीमोड नेपाल क्लब र युनिक क्लवबीच खेल संचालन गरिएको थियो । ९० मिनेट खेलमा सोल्टीमोड नेपाल क्लबले युनिक क्लबलाई १–६ ले हराउँदै जित हासिल गरेको छ ।
पहिलो हाफमा युनिक को १ गोल र सोल्टीको २ गोल अन्तर भएपनि दोेस्रो हाफमा सोल्टीले युनिकलाई लगातार ४ गोल हानेर खेल अवधिभरमा ६ गोल हान्दै खेल आफ्नो हातमा पारेको थियो । पहिलो हाफमा पहिलो चरणमा सोल्टीले गोलको खाता खोलेको थियो भने त्यसका जवाफमा युनिकका जर्सी नम्बर ६ का खेलाडीले सोल्टीले गोल गरेको ५ मिनेटमै गोल गर्दै खेललाई बराबरी गरे पनि पहिलो खेलको अन्तिममा सोल्टीले दोस्रो गोल गर्दै खेला २–१ को अन्तरले सकिए पनि दोस्रो हाफमा युनिकलाई लगातार दबाबमा पार्दै चार गोल गर्दै सोल्टीले फराकिलो गोल अन्तरले जित हासिल गरेको थियो ।
खेल अवधिमा सोल्टीका प्रकाश थापामगरले चार गोल गर्दै आजको खेलको म्याच द म्यान घोषित भएका छन् । भोलि अर्को खेल २ बजे दुई टिम बिच हुनेछ ।