टिचिङमा सुत्केरी भएर डिस्चार्ज भई घर फर्केकी महिलालाई स्वासप्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पतालमा उपचारर्थ मृत्यु भएको छ

३ जेठ, काठमाण्डौ । काभ्रेकी एक महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि डिस्चार्ज भएर घर गएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि सतर्कता अपनाइएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको अस्ति बिहीबार राति मृत्यु भएको थियो । उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन् ।

तीनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताएका छन् ।