Breaking News

नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी अधिवेशनमा अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, उपाध्यक्षका लागि सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन् । यस्तै, सचिवमा पनि चार जनाकै उम्मेदवारी दर्ता भएको छ । रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहदुर पण्डित र डा.रामकुमारी अधिकारीको उम्मेदवारी दर्ता भएको छ । खुला र महिला गरी दुई उपसचिवका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी परेको छ ।
यो अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेदेखि मतदानको कार्यसूची तय भएको छ ।