Breaking News

देउराली अध्यक्ष चौलागाईंले बचतकर्तालाइ सुन तस्करीदेखि विविध आरोप

देउराली अध्यक्ष चौलागाईंले लगाए बचतकर्तालाइ सुन तस्करीदेखि छोरीचेली बलत्कारी,मुर्ति चोर र प्रहरीले घुस खाएकोसम्म आरोप

काठमाडौं। ललितपुर जिल्लाको सातदोबाटोमा केन्द्रीय कार्यलय भन्दै खोलिएको देउरालि बहुउद्देश्यी सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले सहकारीको नाममा ठगी धन्दा गरेका बारे विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि देउरालीका अध्यक्ष चौलागाईंक‍ो मानसिक सन्तुलन नै गुमेक‍ो होकी भन्छन् उनका नातेदार गोविन्द चौलागाईं। देउराली सहकारीका करिब २५ हजार गरीब बचतकर्ताहरुले १३ अर्ब भन्दाबढी रकम जम्मा गरेका थिए। तर सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको विषयमा विभिन्न समाचार माध्यममा सत्य तथ्य समाचार प्रकाशित भएपछि अहिले शक्ति केन्द्र धाउदै हिड्ने गरेको उनका नजिका विश्वास पात्रले बताएका छन्।

देउरालीका बचत कर्ता मञ्जु भन्छिन्  करिब २५ हजार बचतकर्तालाई सहकारीको माध्यमबाट ठग्दै आएका चौलागाईंको मानसिक सन्तल गुमेको जस्ताे देखिएकाे छ।

त्यस्तै देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले ललितपुरका एक समाजसेवीलाई मिटर व्याजी भन्दै सुमन महर्जनलाई मन्दिरको मुर्ति चोरेको आरोप लगाएका छन्। देउरालीका अध्यक्ष चौलागाईंले आरोप लगाए अनुसार यदि महर्जनले मुर्ति चोरेकै हो भन्ने प्रमाण देखाए भने उनलाइ कानुनी कारबाही हुनै पर्छ नत्र चौलागाईंले त्यो पुष्टि गर्न सकेनन भने चौलागाईंलाइ कानुनी कारबाही कडा भन्दा कडा हुनुपर्छ।

चौलागाईंले भन्न कै लागि मात्र भनेको हो भने यस्तो छुट कानुनले कसैलाइ पनि दिएको छैन। चौलागाईंले कसैलाइ आरोप लगाउनकै लागि सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरि अर्काको चरित्रमाथि सार्वजनिक रूपमै यस्तो हर्कत देखाउन कानुनले कसैलाइ पनि छुट दिएको छैन।

त्यस्तै मुर्ती चोरको आरोप लागेका सुमन महर्जन भन्छन् यो विषयमा अब कानुनी प्रक्रियामा जान्छु चौलागाईंले करिब २५ हजार गरिब जनताको रूपैयाँ पचाउन विभिन्न किसिमका वहाना बाजी गर्दै यस्ता आरोप लगाउने गरेका छन्।

अब त अति भइसक्यो सुतेको बाघका जुङ्गा उखेल्ने काम चौलागाईंले धेरै गर्यो हामीले अहिले सहकारीमा केही समस्या छ। त्यो समाधान गर्न धेरै समय दयौं अब धेरै नै बढी भएपछि हामीले पनि कसरी ठेगान लगाउनु पर्छ राम्रोसँग थाहा छ।

उनले भने मिडियामा जति कुरा आएको छ त्यो सबै कुरा साचो हो सत्य हो? चौलागाईंले गरिबको रूपैयाँ पचाउछु भन्ने सपना नदेखे हुन्छ त्यो सपना कहिले पनि पुरा नहुने बताए।

उनले भने अब हामी सबै बचत कर्तालाइ बोलाएर जुत्ता र कालोमोसो दलेर ललितपुर जिल्ला परिक्रमा गराउछौ त्यसपछि पनि बचत गरेको रूपैयाँ फिर्ता दिएन भने उसको सम्पति सबै जफत गरेर सबै बचत कर्तालाइ वितरण गरिदिन्छौ। हामीलाइ कमजोर आक्ने काम चौलागाईंले बन्द गर्नुपर्छ।

उसले केही मिडियालाइ रूपैयाँ वितरण गरेर समाचार लेखाए पनि गरिबको पक्षमा पनि मिडिया छन् भन्ने कुराको हेक्का राख्न म चुनौति दिन चाहान्छु। चौलागाईंले जो मिडियालाइ आरोप लगाएका छन् त्यो सबै कुरा सरासर जुट हो। सत्यको एकदिन अबस्य जित हुन्छ र हुने छ।

त्यस्तै अर्का बचत कर्ता मोहन घिमिरेलाइ पनि चौलागाईंले सुन तस्करी र छोरि चेली बलत्कारी जस्तो गम्भीर आरोप लगाएका छन्। चौलागाईंले सुन तस्करीको आरोप किन,कसरी कुन आधारमा लगाए त्यो पनि शंकाको विषय बनेको छ।

केही समयदेखि ६० केजी सुन तस्करीको चर्चा चलि रहेकै बेला चौलागाईंले आफ्नो फेसबुक एकाउन्टबाट घिमिरे सुन तस्करी भएको भन्ने कुरा सार्वजनिक गरेका छन्।

सरकारले सुन तस्करी खोजी रहेको बेला चौलागाईंले यसरी सार्वजनिक गर्नु रहस्यमय देखिएको छ। गरिब परिवारमा जन्मेका चौलागाईंको अशोभाविक धन सम्पतिले पनि उनि अबैध सुन तस्करीमा संकलन भएको उनको फेसबुक स्टाटसले नै शंका गर्ने बाटो खुला गरि दिएको छ। घिमिरे अबैध सुन तस्करी गर्छन् भन्ने कुरा चौलागाईंलाइ कसरी थाहा भयो? त्यो शंकाको सुइ चौलागाईंलाइ तिरै जाने पक्का देखिएको छ।

यदि चौलागाईंले सुन तस्करीको पुष्टि गरेनन् भने घिमिरे कानुनी बाटोमा गएको खण्डमा चौलागाईंलाइ कडा कारबाही हुने निश्चित देखिन्छ। चौलागाईंले यस्ता फण्डा गरेर आफैलाइ नै घात गरि रहेका छन्। कसैलाइ आरोप लगाउनकै लागि जे पनि भन्ने छुट कसैलाइ दिएकाे छैन। तर चौलागाईंले पुष्टि गर्ने कुनै आधार भने देखिदैन। चौलागाईंले घिमिरेलाइ छोरि चेली बलत्कारी गरेकाे समेत गम्भीर आराेप लगाएका छन्। उनले याे गम्भीर आराेप पनि पुष्टि गर्नु पर्ने देखिन्छ हाेइन भने हावाकाे भरमा कैलाइ पनि आराेप लगाउने अधिकार छैन।

चौलागाईंले कसरी कमाए त अर्बाैं रूपैयाँ उनले प्रयाेग गर्ने गाडीदेखि घडीसम्मकाे मूल्य कति छ त ? १- करिव ५ लाखको रेवन कम्पनीको चस्मा लगाएका,२- करिव २० लाखक‍ो सुनको सिक्रि,३-हातमा सुनकाे १० लाखको ब्रास्लेट ४- ३५ लाखको घडी,५- दुई लाखको इटालियन जुता,६-माईकल ज्याक्सनको जस्तो पाईन्ट,७- हजार ,हिराको औँठी,८-अत्याधुनिक मूल्य पर्ने क्यामारा जडित रेकर्डर सहितको पेन, ९- गाडी २३२९ नम्बरको बुलेट प्रुफ,उनको सुरक्षाको लागि मार्सलआर्टका खेलाडीलगाएत हेर्दा चौलागाईंले पनि सुन तस्कर गरेर कमाएकाे हुन सक्ने आशंका गर्न सकिन्छ। नत्र भने उनले घिमिरे सुन तस्करी हुन भन्ने आधार के हाे कसरी भने त्याे खुलाउन जरूरी देखिन्छ।

चौलागाईंले अन्य व्यक्तिलाइ पनि चाेर फटाह भन्दै विभिन्न आराेप लगाउदै देसद्रोही लाई कालो मोसो  दल्ने समेतकाे धम्की दिएर फेसबुकमा स्टाट्स लेखेका छन्।

त्यस्तै काठमाडौं जिल्ला प्रहरी परीसरका एसपी कुमोध ढुंगेलका साथै ललितपुर जिल्लाका गुण्डा नाईके मीन कृष्ण महर्जन र काभ्रेका गुण्डा नाईके एंवम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका गणेश लामालाइ समेत कराैडाैं रूपैयाँ दिएकाे चौलागाईं आफैले भन्दै हिड्ने गरेकाे उनकै सारथिले बताउने गरेका छन्।

देउराली बहुउद्देश्यी सहकारी चलाउँदै आएका सहकारी क्षेत्रकै ठगि धन्दाका चतुर खेलाडी रबिन्द्र चौलागाईंले करिव १० करोड रूपैयाँ काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रहरी प्रबक्ता समेत रहेका कुमोध ढुंगेललाई घुस दिएको विषयमा चौलागाईंले नै बाउने गरेका छन्।

यसरी भन्दै हिड्ने देउरालीका अध्यक्षलाई कारबाही किन नगर्ने ? यदि घुस खाएको भए एसपी कुमोध ढुंगेललाई पनि किन कार्वाही हुनुपर्छ ?  हाेइन भने गरिब जनताले पसिना बगाएर एक-एक रूपैयाँ जम्ममा गरेर राखेको रूपैयाँ कसैकाे पनि रजाइ गर्न पाउने अधिकार छैन।

चौलागाईंले बचत कर्तालाइ यसरी फेसबुकमा लेखेर आरोप छन् :

देउराली सहकारी डुभाउने ९ जना मिटर ब्यजिको सामुह ले नगद र घर जगा देउराली सहकारी को बचत कर्ता लाई फिर्ता गर्न नेपाल सरोकार को निकाय ले भने पछि ललितपुर छोडेरभागेका थिए र अहिले बिविन्न घुसखोर भाते ओनलाइन खबर मार्फथ रबिन्द्र को बारे मा केहि अफवा मनगन्न्ती लेख लेखी मिटर ब्याजी ले ती चोर प्रत्रुकार लै नगद दियको छ्न।

लुकि लुकि भाग्ने मिटर ब्यजिहरु

१) सितराम राउत -अर्ब पति हिजो गुन्डबिल सहकारी मा ३० हजार तलब खानी उत्क्त सहकारी र देउरालीको करिब १ अर्ब रकम खायर लुकिलुकी बस्यको छ सिताराम को चोर समूह सालो हितेस के सि,सालो बिबेक केसि ,साली रन्जिता के सि सादु आशिष् त्यापे , कमला ,मन्जु आदि समूहले खाय।

२) रुबिन महर्जन मिटर ब्याजी

3) रबि महर्जन मिटर ब्याजी गुन्डागर्दी तस्करी इलिगल अनलाइन ब्याट्रीग अपराधि

४) देबेन्द्र आचार्य मिटर ब्याजी चोर

५) सुमन महर्जन मिटर ब्याजी भगवान को मुर्ती चोर

6) मोहन घिमिरे विशाल भारि मिटर ब्याजी सुन तस्करी छोरि चेली बलत्कारी मिलि

देउरालीको जग्गा नगद फिर्ता गर नत्र तिमी चोर लै म कुनै पनि हालतमा बाकी राख्दिन देउरली को लुटपाट गरेको धनले चलायको क्र्सर,खानी, होलसेल,जाग्गा,घर ,गाडी ,सुन,तेरो घर-घर मा अफिसमा आयर जफत गर्ने छु! र यिनिहरु देसद्रोही लाई कालो मोसो द्लि कर्बाही गर्ने छु!