Breaking News

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारका लागि लिजी बन्दरगाह सञ्चालनमा

काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारका लागि लिजी बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाकाको नजिक रहेको उक्त बन्दरगाह नेपाल–चीन व्यापारका लागि खुला भएको हो ।

यससँगै, तातोपानीको खासा नाका समेत सर्वसाधारणका लागि खुला भएको संयुक्त वक्तव्यमा उल्लेख छ । यो भूकम्पका कारण यो नाकाबाट सर्वसाधारण चीनको खासा जान बन्द थियो । कोभिड अघि आंशिकरुपमा खुलेपनि पुनः बन्द भएको थियो । जुन, अहिले पुनः सञ्चालनमा आएको हो ।
यसबाहेक, भ्रमणका क्रममा दुवै पक्षले पुलाङ र जिलोङ नाका व्यापारिक र सर्वसाधारणका लागि खुला गर्न सहमत बनेका
छन् । यसबाहेक, चिनियाँ पक्ष लिज–नेचुङ नाकालाई सहज बनाउन सहमत बनेको संयुक्त वक्तव्यमा लेखिएको छ । ‘चेन्ताङ–किमाथांका, रिवु–ओलाङ्चुङगोला नाका समेत निकट भविष्यमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताइएको छ