Breaking News

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न सरकारले बैठक बोलायो

काठमाडौँ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न सरकारले प्रमुख दलका नेताहरूको बैठक बोलाएको छ । ‘अहिले चार बजे गृहमन्त्रालयमा सरकारले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन आयोग गठनबारे भनेर बैठक बोलाएको छ ।
यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।